ad

सन् २०१४ मा आजकै दिन : ‘गंगनम स्टाइल’ को भ्युज दुई अर्ब

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

काठमाडौँ — सन् २०१४ मा आजकै दिन दक्षिण कोरियाली गायक ‘साई’ को गीत ‘गंगनम स्टाइल’ ले युट्युबमा पहिलो पटक २ अर्ब भ्युज पुर्‍याएको थियो । साईको अफिसिएल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो हालसम्म ५ अर्ब १६ करोड ५५ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

सांगीतिक दुनियाँमा ‘साई’ को नामले चर्चित दक्षिण कोरियाली गायक पार्क जाए–साङको गीत युट्युबमा एक अर्ब भ्युज बटुल्ने पनि पहिलो गीत हो । गीतले रिलिज भएको १५९ दिनपछि २०१२ डिसेम्बर २१ मा एक अर्ब भ्युज बटुलेको थियो । एक अर्ब भ्युज पाएसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पार्कलाई ‘युट्युबको राजा’ को उपनाम दिएका थिए ।

२०१२ को जुलाई १५ मा सार्वजनिक भिडियोमा दर्शकहरूले हालसम्म ५३ लाख ७५ हजारभन्दा बढी प्रतिक्रिया जनाएका छन् । पार्क खासगरी ठट्यौली शैलीका गीत सिर्जना तथा गायन र स्टेज कार्यक्रमका लागि विश्वभर लोकप्रिय छन् । दक्षिण कोरियाको बान्पो–डोङमा १९७७ को डिसेम्बर ३१ मा जन्मिएका पार्क १९९९ यता गीतसंगीतको क्षेत्रमा क्रियाशील छन् ।