ad

सेवा निबृत कर्मचारी समाज झापाको पुर्नगठन

image आँखा संम्वाददाता सोमबार, जेष्ठ १४ २०८१
image
A+ A A-

भद्रपुर, १४ जेष्ठ । सेवा निबृत कर्मचारी समाज जिल्ला कार्यसमिति झापाको तदर्थ समितिको पुर्नगठन भएको छ ।

निजामति युनियन कर्मचारी संघ भद्रपुरको सभाहलमा सम्पन्न कार्यक्रम केन्द्रिय अध्यक्ष मनोज घिमिेरेको प्रमुख आतिथ्यता तथा धन प्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको हो ।

नँया कार्यसमितिको अध्यक्षमा धनप्रसाद  शिवाकोटी पुन चयन हुनुभएको छ भने उपाध्यक्षद्धयमा रेखा अधिकारी, दिनानाथ लम्साल,सचिवमा चेतनाथ भट्टराइ, कोषाध्यक्षमा मणीकुमार दाहाल, सह सचिवमा इश्वर प्रसाद पोखरेल चयन हुनुभएको छ ।

साथै सदश्यहरुमा क्रमश उत्तम कुमार सुवेदी, राम कुमार पौडेल, विष्णु प्रसाद गौतम, तुलसी कृष्ण पोखरेल, रत्न प्रसाद खतिवडा, वलदेव शाह, मेनुका राय, हरिलाल यादव,विष्णु प्रसाद काफ्ले र रमेश कोइराला रहनुभएको छ ।

कार्यक्रमा संघका जिल्ला अध्यक्ष कविन्द्र विक्रम नेम्वाड्ग, सल्लाहकार देवि प्रसाद घिमिरे, सचिव भानु भट्टराइ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष रेखा अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन सदश्य रमेश कोइरालाले गर्नुभएको थियो ।