समाचारदाता
सोमबार, जेष्ठ १४ २०८१
बंगलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ भने ३० हजारभन्दा बढी आवास पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्।
आँधीले दशौं हजार घरमा आंशिक क्षति पुर्याएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्। घर या पर्खाल भत्किँदा च्यापिएर अधिकांशको मृत्यु भएको थियो।रेमाल’ नाम दिइएको चक्रवातले आइतबार राति तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छाल ल्याएको थियो। सोमबार दिउँसोसम्म यसको प्रभाव कमजोर भए पनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा अझै असर रहेको छ। चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च छ।
चक्रवातले एक लाख २३ हजारभन्दा बढी घरमा क्षति पुर्याएको छ र तीमध्ये करिब ३१ हजार घरमा पूर्ण रूपमा क्षति पुगेको छ।
आँधीका कारण चटगाँव क्षेत्र पूर्ण रूपमा विद्युत विहीन बनेको छ। आँधीले एक करोड २५ लाखभन्दा बढी उपभोक्ताले उपभोग गर्दै आएको विद्युत आपूर्ति बन्द भएको छ।